एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा


  • एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा
  • १६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे । दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे । ६२ औं मिनेटमा पाएको पेनाल्टीमा नोपालीका फ्रेलो फिल्होले बराबरी गोल फर्काए । तर, ६९ औं मिनेटमा एग्युरोले गोल गरे । क्लबका लागि उनको यो १७८ गोल हो र, यससँगै उनी म्यानचेष्टर सिटीका सर्वाधिक गोलकर्ता बनेका छन् । खेलको इन्जुरी टाइममा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी ४–२ ले विजयी भएको छ । जितसँगै सिटीको ४ खेलबाट १२ अंक भएको छ भने ३ अंकका साथ तेस्रो स्थानमा रहेको नापोली समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । दोस्रो स्थानमा रहेको शाख्तर डोनेक्सको ९ अंक छ र समूह चरणको २ खेल खेल्न बाँकी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *