प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै


  • प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदैछन् ।  संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटालीको रोम पुगेका प्रधानमन्त्री प्रचण्ड आज काठमाडौं आइपग्ने भएका हुन । 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज विहान १०ः०५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आई पुग्ने छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले  ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई  सम्बोधन गरेका थिए ।



  • साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटबार्तासमेत भएको थियो । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *