प्रज्ञालयले मनायो श्रावण १५


  • प्रज्ञालयले मनायो श्रावण १५

    नेपालगन्ज : प्रज्ञालयले विविध कार्यक्रम गरी साउन १५ मनाएको छ । सौरमास अनुसार श्रावणको तेस्रो शनिवार नेपालमा खिर खाने, व्रत बस्ने र उपवास बस्ने धार्मिक र साँस्कृतिक प्रचलनअनुसार प्रज्ञालयले बालबालिकाहरूको सकृय सहभागिताम विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै खिर खाएर उत्सब मनाएको हो ।

    उक्त अवसरमा खिर खाने दिनको सुरुवातको गणेश भगवानको किंवदन्तीलाई नाटक बनाएर बालबालिकाले प्रदर्शन गरेका थिए । नेपाली मौलिक परम्परा सिकाउन टपरी र दुना बालबालिकाकै सहभागितामा बनाई खिर खान प्रयोग गरिएको थियो । ससाना बालबालिकालाई नेपाली मौलिक सांस्कृतिक परम्परालाई जस्ताको तस्तै सिकाउन यो कार्यक्रम गरिएको प्रिन्सिपल कल्पना शर्माले बताइन् ।



  • समाजले बिस्तारै मौलिक चाडपर्व मनाउन कम गरिरहेको बेला यस्ता कार्यक्रमले बालमस्तिष्कमा गहिरो सकारात्मक प्रभाव पार्ने उनले बताइन् । प्रज्ञालयले शिक्षाको साथै संस्कार, मौलिक परम्परा र माटोअनुकूलको प्रयोगात्मक शिक्षा दिंदै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *