सर्लाहीको सदरमुकाममा कर्फ्यु जारी


  • सर्लाहीको सदरमुकाममा कर्फ्यु जारी

    सर्लाही। सर्लाहीको सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।

    कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए ।



  • आइतबार साँझ ५ बजे बजेदेखि शुरु भएको कर्फ्यू आज (आइतबार) बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा शुक्रबार बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।

    सो स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *