‘एक भागवत् र एक गीता’ नाममा रिलिज गर्ने सहमती


  • ‘एक भागवत् र एक गीता’ नाममा रिलिज गर्ने सहमती

    काठमाण्डौं: चलचित्रको नाम परिवर्तन गर्नुपर्ने भन्दै केही धार्मिक संगठनहरुले विरोध गर्दै आएको चलचित्र ‘एक भागवत् गीता’को नामलाई लिएर भएको विवाद सहमतीमा टुंगिएको छ ।

    आइतबार चलचित्र विकास बोर्डको हलमा भएको छलफलमा चलचित्रको नाममा केही परिवर्तन गर्ने गरी ‘एक भागवत् र एक गीता(सामाजिक कथा) राख्ने सहमती भएको हो । नाममा सहमती भएसँगै अब चलचित्रलाई सेन्सरका लागि सिफारिश दिन चलचित्र विकास बोर्ड तयार भएको छ ।

    छलफलमा चलचित्र विकास बोर्डको हलमा अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी लगायत उपस्थित थिए ।



  • तेश्रो लिङ्गीको मुद्दालाई उठाएको चलचित्रमा झरना थापाको निर्देशन, सुनिलकुमार थापाको निर्माण रहेको छ भने विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको मुख्य अभिनय रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *