भ्रष्टचारको आरोपमा बाइडेनलाई महाअभियोग लगाउने तयारी


  • भ्रष्टचारको आरोपमा  बाइडेनलाई महाअभियोग लगाउने तयारी

    अमेरिकी राष्ट्रपति जो बाइडेन पनि भ्रष्टचारको आरोपमा परेका छन् । यसअघि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि भ्रष्टाचार गरेको आरोपमा महाअभियोग लगाइएको छ ।

    अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन दिएका हुन् ।

    म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, ‘म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस कमिटीहरूलाई निर्देशन दिइरहेको छु।’



  • म्याकार्थीले हाउस ओभरसाइट र एकाउन्टेबिलिटी कमिटीका अध्यक्ष जेम्स कमरले अनुसन्धानको निरीक्षण गर्ने बताए। हाउस न्यायिक समितिका अध्यक्ष जिम जोर्डन र हाउस वेज र मीन्स समितिका अध्यक्ष जेसन स्मिथले जेम्स कमरलाई सहयोग गर्नेछन्। तर, ह्वाइट हाउसले महाभियोग अनुसन्धानको विरोध गरेको छ ।

    समाचार अनुसार बाइडेनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति कार्यालयमा रहँदा आफ्ना छोरा हन्टर बाइडेनलाई विदेशी व्यापारमा फाइदा पुर्याएको आरोप छ । रिपब्लिकनहरूले पनि यस वर्ष लामो समयसम्म यस विषयमा अनुसन्धान गरेका थिए, जसमा बाइडेन विरुद्ध प्रमाण फेला पर्न सकेका थिएनन्।

    तर, मंगलबार म्याकार्थीले प्रमाण ल्याउने बताए । म्याकार्थीले भने कि रिपब्लिकनहरूले फोन कल र पैसा स्थानान्तरणसहित अन्य प्रमाणहरू प्रस्तुत गरेका छन् जसले बाइडेन परिवार विरुद्ध भ्रष्टाचारको मुद्दा बनाउँदछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *