डाक्टरमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ



  • काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा गुल्मी घर भई चाबहिल बस्दै आएका रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए । आइतबार काठमाडौं मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि हातपात गरेको उनीहरुमाथि आरोप लागेको छ ।



  • प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै आफूमाथि कुटपिट भएको खड्काले बताएका छन् । डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *