इरानको जेलमा रहेकी ५१ वर्षीया नरगिसलाई २०२३ को ‘नोबेल शान्ति पुरस्कार’


  • इरानको जेलमा रहेकी ५१ वर्षीया नरगिसलाई २०२३ को ‘नोबेल शान्ति पुरस्कार’

    काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो ।

    इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । नरगिसलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ ।



  • नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी थिइन् । पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध उनले आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।

    ५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणा हुनुअघि नै सीएनएनले शुक्रबार प्रकाशित एक रिपोर्टमा उल्लेख गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *