हट्यो नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा


  • हट्यो नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा

    बाँके । बाँकेको नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा आज मंगलवारबाट हटेको छ । 

    असोज १६ गते दिउँसो १ बजेबाट जारी कर्फ्यु र निषेधाज्ञा मंगलबार बिहान चार बजेदेखि पूर्ण रूपमा हटाइएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरी नेपालगञ्ज उपमहानगरपालिका र समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको बताएका छन् ।



  • सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर उत्पन्न विवादका कारण नेपालगञ्जको स्थिति तनावपूर्ण बनेको थियो । सामाजिक सद्‌भाव खल्बलिन थालेपछि जिल्ला प्रशासन कार्यालले १६ असोज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।  हिन्दु  र मुस्लिम समुदायबीच भएको विवादले नेपालगञ्ज क्षेत्र अशान्त बनेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *