कोशीमा सांसहरूले मध्यावधि रोक्ने बाटो रोजेः मुख्यमन्त्री कार्की


  • कोशीमा सांसहरूले मध्यावधि रोक्ने बाटो रोजेः मुख्यमन्त्री कार्की

    कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधि निर्वाचन रोक्न सांसदहरूले आफूलाई रोजेको बताएका छन्।

    मुख्यमन्त्री नियुक्त भएपछि पत्रकाहरूसँगको कुराकानीमा कार्कीले गठबन्धनको मात्रै संख्याले प्रदेश मध्यावधिमा जाने निश्चित देखेपछि त्यो रोक्नका लागि आफूले कदम चालेको उनले बताए।

    यसलाई पार्टी र नेतृत्वले अस्वाभाविक रूपमा नलिने विश्वास समेत व्यक्त गरे। ‘संविधान मान्ने र संविधानवादमा विश्वास गर्ने पार्टी संविधानसम्मत गरेको कामकारबाहीलाई सकारात्मक लिन्छ भन्ने ठानेको छु,’ उनले भने, ‘कहिलेकाहीँ अस्वभाविकजस्तो देखिन्छ। त्यसको परिणाम आएपछि स्वभाविक रूपमा आत्मसात् गर्छ पार्टीले।’



  • १६८ को उपधारा ५ सांसदहरुको एकरूपताका लागि रहेको पनि उनले बताए।सांसदहरूको एकरूपताले कोशीमा मध्यावधि रोक्न बाटो खोजेको हो। मध्यावधि रोकेर जनतामा एउटा आशा देखाउन खोजेका हौं,’ उनले बताए।

    उनले मन्त्रिपरिषद् बारे निर्णय नभइसकेको पनि बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *