महामन्त्रीद्वयले भने- कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ


  • महामन्त्रीद्वयले भने- कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठन घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।

    सोमबार सभापति देउवाले कोशी घटनाबारे छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । छलफलपछि महामन्त्रीद्वयले कोशीमा अहिले परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताए ।
    कोशीमा कांग्रेसममा विद्रोह गरेका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र, हाल उनी मुख्यमन्त्री नियुक्त भएका छन् ।

    कांग्रेस सभापति देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो, । यसको सबैभन्दा ठूलो जिम्मेवारी सभापतिले लिनुपर्छ ।



  • कोशीमा सरकार गठनको विषयमा सभापति देउवाले कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा। नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नगरेको शर्माको भना छ ।

    ‘कुनै प्रदेशमा कांग्रेसको भाग थिएन, गठबन्धनमा सम्मानजनक आलोपालो भन्ने छ’ शर्माले भने, ‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूहभित्र पनि छलफल नगर्ने परिपाटी देखियो ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *