इजरायलबाट १८ नेपाली भारत आइपुगे


  • इजरायलबाट १८ नेपाली भारत आइपुगे

    काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ जना नेपाली भारत आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत भारतसम्म ल्याइदिएको हो ।

    १८ जना नेपालीहरु आज बिहान भारत आइपुगेको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको पनि जानकारी दिएका छन् ।



  • नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । यसअघि पहिलो चरणमा सरकारले नेपाली वायु सेवा निगमको विमानमार्फत इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो । हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *