दशैको तेस्रो दिन आज पनि टीका–जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी


  • दशैको तेस्रो दिन आज पनि टीका–जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी

    काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । 

    नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। 



  • पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि केही चहलपहल देखिन थालेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *