मानवीय सेवाका लागि नेपालगंजमा सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुने


  • मानवीय सेवाका लागि नेपालगंजमा सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुने

    नेपालगंज: आगामी शुक्रबार नेपालगंजमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुने भएको छ । मंगलबार नेपालगंजमा आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन गरी कात्तिक २४ गते हुने कन्र्सटको तयारी तिव्र गतिमा अगाडी बढेको जानकारी गराएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै गायक ठकुरी

    कालपृष्ठ दैनिकले आयोजना गरेको ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए ।

    कन्सर्टमा गायक सुनिलसँगै एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि प्रस्तुती रहने आयोजकले बताएको छ। नेपालगन्ज बाँकेगाउस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्सर्टमा प्रवेश शुल्क भने निःशुल्क राखिएको कालपृष्ठ दैनिकका संचालक एवम् कन्र्सट निर्देशक कमल खत्रीले बताए । उनले कार्यक्रम स्थिलमा फुड स्टिलसमेत राखिने बताए ।



  • कन्सर्टको लाइभ सोसियल मिडिया पार्टनरका रुपमा रहेको नेपालगन्ज ग्यालरीमार्फत देखाइने आयोजकले जनाएको छ । कन्सर्टमा नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोग रहेको आयोजकले जनाएको छ ।

    गायक तथा संगीतकार ठकुरीको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । हालसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका ठकुरी हाल जापानमा बस्दै आएका छन ।
    सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जानी न जानी लाएको माया’ ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ गीत लोकप्रिय छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ गीत चर्चित बनेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *