अभिनेत्री दिपाशा बीसीको निधन


  • अभिनेत्री दिपाशा बीसीको निधन

    काठमाण्डौं : अभिनेत्री तथा मोडेल दिपाशा बीसीको २८ बर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

    ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित बीसी २०५२ सालमा सुर्खेतमा जन्मिएकी हुन । दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली फिल्ममा समेत अभिनय गरेकी बीसी अविवाहित हुन । उनको डेब्यू फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।



  • अभिनेत्री बीसीको निधनको खबर सार्वजनिक भएसँगै फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *