किर्तिमानी पाइलट भावना नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने


  • किर्तिमानी पाइलट भावना नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने

    नेपालगंज । पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने किर्तिमानी नेपाली महिला पाइलट भावना पन्त नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन आउने भएकी छन् ।

    नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवस(फागुन २४, २०७९)मा पहिलोपटक एयरबसलाई काठमाडौं–दुबई–काठमाडौं सफल अवतरण गराएकी थिइन् ।

    अन्तर्राष्ट्रिय उडानहरुमा व्यस्त क्याप्टेन भावनाले नेपालगन्ज म्याराथनका सहभागीहरुसँग सुर्खेतरोडमा ऐक्यबद्धता जनाउनुका साथै अघिल्लो दिन हुने नेपालगन्ज कनक्लेभमा प्यानलिस्ट भएर अनुभव बाँड्ने भएकी हुन् ।



  • महिला सशक्तीकरण सम्बन्धि ‘आकाश धर्ती बराबरी’ सत्रमा उनी सुनिनेछिन् । ‘म्याराथनको टेष्ट लिन निकै आतुर छु ।’ हङकङ उडान भर्नुअघि उनले आयोजकसँग भनेकी छिन्–‘अझ कनक्लेभमा महिला दिदीबहिनीसँग आफ्ना अनुभव बाँड्न पाउने खबरले मलाई एकदमै उत्साहित बनाएको छ ।’

    नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

    क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *