‘नेपाली श्रमिक कल्याणकारी संघ’को वृहत् रक्तदान कार्यक्रम नोभेम्बर १७ मा


  • 'नेपाली श्रमिक कल्याणकारी संघ'को वृहत् रक्तदान कार्यक्रम नोभेम्बर १७ मा

    दर्शन सुनार, कतार : विभिन्न सामाजिक संघ संस्थाहरुले पछिल्लो समय कतारमा रक्तदान कार्यक्रम गर्दै आइरहेका छन्। जसले गर्दा रगत अभावका कारण ज्यान जोखिममा रहेका नेपालीहरुलाई धेरै टेवा पुग्ने गरेको छ।

    यस्तै रक्तदान कार्यक्रम गर्ने संस्था मध्ये 'नेपाली श्रमिक कल्याणकारी संघ कतार' पनि एक हो। यो संस्थाले तेस्रो पटक वृहत् रक्तदान कार्यक्रम आयोजना गर्दैछ। यस अघि २ पटक रक्तदान कार्यक्रम गरिसकेको यो संस्थाले तेस्रोपटक आगामी नोभेम्बर १७ तारिकमा रक्तदान कार्यक्रम गर्दैछ।

    'श्रमिकका लागि श्रमिक' भन्ने मूल नाराकासाथ नेपाली 'श्रमिक कल्याणकारी संघ'ले 'नेपाली रक्तदाता संघ कतार'को समन्वयमा वृहत रक्तदान कार्यक्रम गर्न लागेको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।



  • 'नेपाली श्रमिक कल्याणकारी संघ कतार'का अध्यक्ष देव लम्साल सौर्यपत्रसँग कुरा गर्दै रक्तदान नै जीवनदान भएको र रगत अभावका कारणले प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना जानकारी दिए ।उक्त मानविय र परोपकारी कार्यमा सहभागी भईदिन कतारमा स्थापित विभिन्न जिल्ला,प्रदेश वैचारिक, सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायतलाई रक्तदान गरिदिन समेत उनले आग्रह गरेका छन्।

    कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान हुने आयोजक संस्थाले बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *