छठ पूजाका लागि सिङ्गारियो जनकपुरको छठ घाट


  • छठ पूजाका लागि सिङ्गारियो जनकपुरको छठ घाट

    जनकपुर । हिन्दूहरुले मनाइने पर्वहरुमध्ये छठ प्रमुख पर्व हो । मधेशका गाउँ-गाउँमा छठको रौनक छाएको छ ‌।

    जनकपुरधाम र वीरगञ्जमा छठ घाट दुलहीझैं सिंगारिएको छ । वीरगञ्जको घडियर्वा पोखरीमा छठ घाट सिंगार्न १५ लाख बढी खर्चिएको छ । जनकपुरधामको छठ घाटहरु पनि लाखौं खर्चिएर आकर्षक बनाइएको छ ।

    जनकपुरधामको गंगासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, दुधमती जलाशयहरुमा धुमधामसंग छठ मनाइन्छ । रंगिचंगी विद्युतीय बत्तीहरु छठ घाटमा लगाएपछि जनकपुरधामको सौन्दर्य नै बढाएको छ ।

    छठ घाट जाने बाटोहरुमा आकर्षक द्वार निर्माण गरिएको छ । घाटहरुमा छठ पर्वका गीत गुन्जिने गरेको छ । लाग्छ, झकिझकाउ पारिएको छठ घाटहरु ब्रतालुहरुको प्रतिक्षा गरिरहेको छ ।



  • चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठको पहिलो दिन शुक्रवार ब्रतालुहरुले नहायखाय गरे । आज दोस्रो दिन ब्रतालुहरुले खरना विधि गरे ।

    तेस्रो दिन अर्थात् भोली ब्रतालुहरु छठ घाटमा पुग्छन् पूजाका सामग्रीहरु बोकेर । बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य चढाइन्छ । रातभरि जाग्राम बसी विहानपल्ट उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समापन गरिन्छ ।

    पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले छठ मनाइन्छ । छठमा गरिने सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *