गाजामा फेरी युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु


  • गाजामा फेरी युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

    गाजा । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।

    यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ।



  • युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताए अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन। तर, अमेरिकाले अझै पनि दुईबिचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *