बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी


  • बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

    बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।



  • बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । बस चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *