सुरजले ‘खजुरे ब्रो’ निर्देशन गर्ने


  • सुरजले ‘खजुरे ब्रो’ निर्देशन गर्ने

    काठमाण्डौं : निर्देशक सुरज सुनुवारले झन्डै ९ वर्षपछी चलचित्र ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएका छन् । शुक्रबार विहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको शुभ साइत गरिएको हो ।

    दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा आगामी माघ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रलाई नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने भएका छन । शिशिर बिसंखेको छायांकन हुने चलचित्रको छायांकन काठमाडौं, इटहरी र धरानसँगै भारतस्थित दार्जलिङका विभिन्न ठाउँमा गरिनेछ ।कमेडी कथावस्तुमा बन्न लागेको चलचित्रमा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्ध भैसकेका छन् ।



  • सुरजले यसअघी चलचित्र ‘षडङ्ग’ बाट निर्देशनमा राम्रो सम्भावना देखाएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *