श्रमिकको हक र हितको लागि डटेर काम गर्छु – रमेश भट्ट


  • श्रमिकको हक र हितको लागि डटेर काम गर्छु - रमेश भट्ट

    दर्शन सुनार, कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले श्रमिकको हक र हितका लागि डटेर काम गर्ने प्रतिबद्धता गरेका छन् । शुक्रबार कतारको एक कार्यक्रममा बोल्दै भट्टले आफू श्रमिकको हक र हितका लागि सदैब उभिने बताएका हुन्।

    गैर आवासीय नेपाली संघले पीडामा परेकाहरुको निष्पक्ष काम गर्दै आएको र  विभिन्न माध्यमबाट आफू समक्ष आएका श्रमिकहरुको काम निरन्तर भईरहेको भएपनि पीडितहरुको नाम ठेगाना गोप्य राखिएको उनले बताए। साथै मिडिया तथा सामाजिक सन्जालमा पीडितहरुले नै नराख्न  आग्रह गरेकोले बाहिरी रुपमा काम नदेखिएको उनको भनाइ छ। गैर आवासिय नेपाली संघमा पीडितका पक्षमा भएका कामको डाटा संकलन रहेको र प्रतिवेदनमा खुलाउने तयारी रहेको भट्टले जनाए।

    श्रमका लागि नेपालबाट कतार आउनेहरुको प्रमुख समस्या कतारबाट मात्र नभई नेपालबाट नै धेरै समस्या लिएर श्रमिकहरु कतार आउने गरेको भट्टले ठहर गरे । आफू समक्ष आएका केही पीडितहरु नेपालबाट नै मेन पावरका दलालहरुले चर्को मुल्यको रकम लिएर कतार पठाएको तर पीडितको हातमा मात्र दश हजारको रसिद दिएर आधिकारिक केही नभएको  बताए ।

    कतारबाट फर्केका पीडितहरुलाई नेपाल पुगेर केही सहुलियताका साथै पीडितहरुका जन गुनासो विभिन्न विभागसम्म पुग्न सजिलो होस् भन्ने हेतुले आफुले सम्पुर्ण डकुमेन्ट तयार गरेर नेपालका ठुला मुलधारका  मिडिया मार्फत पीडितहरुको आवाज बाहिर निकाल्न आफु स्वयंम लागि परेको पनि उनले बताए।



  • पछिल्लो समय नेपालीहरुले अकालमा ज्यान गुमाउनु परेकोमा दुख व्यक्त गर्दै अकालमा ज्यान गुमाएका मृतकहरुको 'डेडबडी' कतारदेखि नेपालसम्म पठाउन डकुमेन्टको म्याद सकिएको कारणले पठाउन दुख र कष्ट भएको उनले अनुभव सुनाए । डकुमेन्टको म्याद नहुँदा मृतकका परिवारले पाउनुपर्ने राहत कम्पनी र  बिमा दुबैले नदिएको र आफुले कैयौपटक कोसिस गर्दा पनि मृतकका परिवारले राहत प्राप्त गर्न बञ्चित भएको बताउँदै सामाजिक सुरक्षाकोषमा आवद्ध भएर पासपोर्ट,आईडी  श्रम स्वीकृति जस्ता डकुमेन्ट म्याद सकिएपछि समयमै नविकरण गर्न सबैलाई आग्रह समेत गरेका थिए ।

    त्यस्तै, नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षाकोषको बारेमा आफुले मुल्यांकन गरेर प्रवासका श्रमिकहरुको हक र हितका लागि  सामाजिक सुरक्षाकोष निकै लाभदायक र उतम रहेको सुझाव दिँदै श्रम स्वीकृतिको म्याद सकिएपछी नविकरण गर्दा सँगै सामाजिक सुरक्षाकोषमा आवद्ध हुन जरुरी रहेको बताए ।

    सामाजिक सुरक्षाकोषमा आवद्ध हुने समयमा सुरक्षा कोषबाट हुने लाभहरु तथा प्रवासमा अकालमा ज्यान गुमाउनु परेमा परिवारलाई मिल्ने शिक्षा,स्वास्थ लगायत अन्य विविध कुराहरु हामीले सिक्ने र जान्नै पर्ने उनको भनाई थियो ।

    नेपाल सरकारले पनि विभिन्न वेबसाईट, मिडिया सामाजिक सन्जाल मार्फत सूचना सम्प्रेषण गरिरहेको तर कतारमा यस विषय सम्बन्धी सचेतनाको कमी भएको महसुस भएको बताउँदै गैर आवासिय नेपाली संघले चाडै नै सचेंतना विभाग र प्रत्येक कार्यक्रम मार्फत योजनाबद्ध रुपमा कार्यक्रम अगाडी बढाउने तयारी रहेको भट्टले उद्घोष गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *