डीआईजी र एसपी सरुवाको तयारी


  • डीआईजी र एसपी सरुवाको तयारी

    काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हेरफेरको तयारी गरेको छ । हाल प्रदेशमा कार्यरत प्रहरी प्रमुखको अवधि एक वर्ष पुगेकाले नयाँलाई पठाउन लागिएको हो ।

    हाल कोशीमा डीआईजी राजेश बाँस्तोला, मधेसमा जनक भट्टराई, बागमतीमा किरण राणा, गण्डकीमा बुद्धी गुरुङ, लुम्बिनीमा उमेशराज जोशी, कर्णालीमा भिम ढकाल तथा सुदुरपश्चिममा भरत बोहरा कार्यरत छन् । उनीहरुको ठाउमा नयांलाई पठाउने तयारी छ ।



  • डिआइजीहरू कुबेर कडायत, विष्णु केसी, यज्ञबिनोद पोखरेल, लालमणि आचार्य,विकासराज खनाल, सुरेन्द्रराज मैनाली, चन्द्रकुबेर खापुङ, केदार ढकाल, रबिन्द्र केसी लगायत डिआइजी प्रदेशमा जान प्रतिस्पर्धा गरिरहेका छन ।

    त्यस्तै, रौहहट, चितवन, रुपन्देही, कञ्चनपुर ,झापा, पर्सा, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक लगायत जिल्लाका एसपीको पनि सरुवाको तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *