दिपेन्द्रको ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक


  • दिपेन्द्रको ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक

    काठमाण्डौं: सविना र नारद पोखरेलको ‘नजाने भो हाम्रो दुःख’ राष्ट्रिय भाव झल्काउने बोलको गीत सार्वजनिक भएको छ। बुधबार काठमाडौंको नयाँबानेश्वरस्थित सनराइज क्याफेमा पत्रकार सम्मेलन गर्दै उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

    शिशिर योगीको स्वर, नारद पोखरेलको शब्द, ज्योती प्रकाशको संगीत रहेको गीतको भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय हेर्न सकिन्छ ।



  • ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजीक भिडियोले युवाहरु बिदेश पलायन हुनुपर्ने बाध्यता, बेरोजगार युवाहरुको समस्या लगायत बाबुआमाले भोग्नुपरेको यथार्थ कथालाई चित्रण गरेको छ ।

    गोबिन्द अन्जानको छायांकन, कल्पेश बिश्वकर्माको सम्पादन रहेको गीतको भिडियोलाइ दिपेन्द्रप्रकाश केसीले निर्देशन गरेका हुन । भिडियोको छायांकन मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित कुन्छाल गाउँमा भएको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *