पत्रकार दाहालको सक्रियतामा विद्यार्थिले पाए खेलकुद सामग्री


  • पत्रकार दाहालको सक्रियतामा विद्यार्थिले पाए खेलकुद सामग्री


    नेपालगन्ज : नेपालगन्जका सक्रिय पत्रकार खगेन्द्र दाहालको सक्रियतामा खजुराका विद्यार्थिले खेलकुदका सामग्री पाएका छन । खजुराको आर्दश माविका विपन्न परिवारका विद्यार्थिहरुलाई सहयोग गर्न खबरगन्जका पत्रकार दाहालले सामाजिक सञ्जालमा सहयोगका लागि आग्रह सहितको पोष्ट गरेका थिए ।

    खेलकुदमा भाग लिन आवश्यक जुत्ता नहुदाँ खालि खुट्टा प्रतियोगिताहरुमा भाग लिन पर्ने बाध्यता भएको खबर पाएपछि विद्यार्थिहरुका लागि सहयोग गर्न पर्छ भन्ने लागेर अभियान सन्चालन गरी सहयोग गरिएको पत्रकार दाहालले जनाए । फेसबुक ग्रुप नेपालगन्ज ग्यालेरीमा पोष्ट गरेपछि धेरै सहयोगिमनहरु जोडिनुभएको थियो पत्रकार दाहालले बताए ।

    उनका अनुसार विद्यार्थिको फोटो सार्वजनिक नगर्ने गरि उहाँहरुलाई सहयोग गर्नुपर्ने मनसायले सहयोग अभियान सन्चालन गरिएको हो । आर्थिक अवस्था कमजोर भएका उक्त विद्यार्थिहरुका लागि जुत्ता खरिदका लागि सहयोगी दाताबाट सहयोग प्राप्त भएको हो । अमित शर्मा खजुरा मनकामना बाट १० हजार , विकासहरी कोइराला खजुराबाट ५ हजार, मुकेश अग्रवाल नेपालगन्जबाट ३ हजार, मनिस साक्य गुभाजु १ हजार, कृष्णराज अधिकारी नेपालगन्जबाट ५००, रिजु अन्सारी ५००, दिपक कंडेल ३००, रोहित खड्का २०५, यान्जु फेसबुक प्रयोगकर्ता (विजिता बम)२००,अमर रस्तोगी २००, स्मार्ट शर्मा १३५, राजेश बहादुर ५ रुपैया, अर्को १ हजार कस्ले पठाको जानकारी आएको छैन उनले भने ।



  • यसै अभियानमा आदर्श पुर्व विद्यार्थि समाज खजुराले पनि छुट्टै रुपमा आफ्नो फेसबुक ग्रुप मार्फत आन्तरिक सहयोग संकलन गरेको थियो । सहयोगदाता पुर्व विद्यार्थिहरुमा सुशिल दाहालले ९ हजार , लिला प्याकुरेलले ५हजार , महेश केसीले ५हजार ,पवित्रा शर्मा ३ हजार, राजन गिरीले २ हजार, धनसिंह भण्डारीले १ हजार, टेक कार्कि १०००, शकर रावत १०००, तेज खड्काद्धारा ५ सय र गोविन्द खत्रिको ५ सय प्राप्त भएको आदर्श पुर्व विद्यार्थि समाज खजुराका महासचिव सुवास निरौलाले जानकारी दिए ।


    पत्रकार दाहाल सामाजिक सन्जालमा लेख्छन्, ‘विस्वास नै ठुलो कुरा रहेछ, हजुरहरुले गरेको विस्वासलाई पुर्ण कदर गर्दै संकलित रकमको सहि सदुपयोग हुनेमा विस्वस्थ रहन आग्रह गर्दछु ।’ संकलित रकमबाट १८ जोर जुत्ता, मोजा,नी प्याड, बुम स्प्रे र भलिबल खरिद गरि विद्यालयका प्रअ राजेन्द्र सापकोटालाई हस्तान्तरण गरेका थिए ।

    थप ६ विद्यार्थिका लागि जुत्ता मोजा र आवश्यक पर्ने खेलकुदका सामग्रीहरु आइतबार प्रदान गरिने पत्रकार दाहालले बताए । खजुराका अधिकांश सामुदायिक विद्यालयमा यस किसिमको अवस्था व्याप्त छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *