राम कुमारी झाँक्रीसँग गुल्मी सेवा समाज कतारको स्नेह मिलन


  • राम कुमारी झाँक्रीसँग गुल्मी सेवा समाज कतारको स्नेह मिलन

    दर्शन सुनार/कतार : गुल्मी सेवा समाज कतारले नेपाल कम्युनिस्ट पाटी ( एकीकृत समाजबादी) का केन्द्रिय सचिव एवम् नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग स्नेह मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता मञ्चको अधिवेशनलाई सम्बोधन गर्न आएको अवसर पारेर समाजले एक कार्यक्रमको आयोजना गर्दै झार्कीसँग स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

    समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री राम कुमारी झाक्रीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कतारमा रहेका गुल्मेलीहरुको उपस्थिति रहेको थियो ।



  • प्रमुख अतिथी झाक्रीले कार्यक्रममा बोल्दै समाजले सामाजिक काम मात्र नभई प्रवासमा दु:ख एवम्  अप्ठ्यारोमा परेका नेपाली दाजुभाहरुको काउन्सिल गर्न समेत समाजलाई आग्रह गरिन्। आफूले खाडी मुलुकका धेरै समस्या बुझ्दै आएको र खाडी मुलुकका अन्य देशहरु भन्दा कतार विकान्सोमुलक अनि कतारमा न्युन श्रमिकहरुको पनि धेरै ईज्जत् रहेको झाँक्रीले बताइन्। प्रवासमा व्यस्तताको बाबजुद पनि कार्यक्रमको आयोजना गरेर गुल्मेली दाजुभाइ दिदीबहिनीसँग भेटहुने अवसर मिलाएको भन्दै समाजलाई धन्यवाद व्यक्त गर्दै मुलुकका यति धेरै नेपालीहरुलाई रोजगारी दिएकोमा मित्र राष्ट्र कतारलाई पनि उनले कृतज्ञता प्रकट गरिन्।

    कार्यक्रममा प्रमुख अतिथि झाक्रीलाई समाजले खादा ओढाएर सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरेको थियो । समाजका सल्लाहकार भिम तरामु मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव दर्शन सुनारले गरेका थिए।

    सभापति अर्यालले  समग्र गुल्मी जिल्लाको  विकास तथा रेशुङ्गा विमान स्थल पुर्व गौचरनको अवस्थामा रहेको र शहरी विकास मन्त्री हुँदा उनको पहलमापछि विमानस्थल सचांलनमा आएको बताउँदै खुलेर प्रशंसा गरे। मन्त्री हुँदा झाँक्रीले गरेको कार्य र योगदान निकै सराहनीय र गर्व गर्न लायक रहेको बताउँदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरेका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *