‘माघ्या सकराटी वनभोज तथा सांस्कृतिक कार्यक्रम’को लागि कतार आइपुगे कलाकार


  • 'माघ्या सकराटी वनभोज तथा सांस्कृतिक कार्यक्रम'को लागि कतार आइपुगे कलाकार
  • दर्शन सुनार/कतार : नेपाल मगर संघ कतार शाखाको आयोजनामा शुक्रबार हुन लागेको मगरहरुको राष्ट्रिय प्रमुख चाड 'माघ्या सकराटी-२०२४ वृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम'को लागि सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकारहरु कतार आईपुगेका छन्।

    नेपालबाट आमन्त्रित गायक तथा हास्यकलाकार अर्जुन कुवर केही दिन पहिले नै कतार आईपुगेका थिए।भने, मगंलबार राती लोक तथा दोहोरी गायिका रुसमा सिजांली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर बुधबार राति कतार आईपुगेका हुन्। सोही कार्यक्रममा सांगीतिक  प्रस्तुति दिन  गायक तथा सगिंतकार डोलराज बार्हघरे दुबैबाट बुधबार राती कतार आईपुग्ने आयोजक संघले बताएको छ ।



  • आमन्त्रित कलाकारहरुलाई स्वागत गर्नको लागि नेपाल मगर संघ कतार शाखाका अध्यक्ष,महासचिव कार्यसमितिका पदाधिकारीहरु लगायत अन्य व्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

    "सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता" भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले मगरहरुको राष्ट्रिय  प्रमुख सांस्कृतिक चाड "माघ्या सकराटी" हरेक वर्ष मनाउँदै आएको र यस वर्षपनि ( मगर मिनाम ल्हेस ५०१७) २०२४ को अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो। कलाकार कतार आईपुगेसंगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक देबी कुमारी मगरले सौर्यपत्रलाई जानकारी दिइन्।

    दोहाको मुटुमा रहेको अल अरबी स्पोर्ट्स क्लब न्यु सलातामा बिहान दश बजेदेखि कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा नेपाल मगर संघ शाखा कतारले सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ । कार्यक्रममा मगर समुदायको मौलिक नाच सालैजो,कौराह ,झ्याउरे, हुर्रा, भुम्या,तथा लोकदोहोरी मगर फिल्मी र आधुनिक गितहरुमा नृत्य  प्रस्तुत गर्ने आयोजक संघले जनाएको छ। कार्यक्रममा आउन जानको लागि कतारको दोहा, सनैया, अल्खोर, सहानिया तथा अन्य  स्थानहरुबाट  निशुल्क यातायातको व्यवस्था समेत रहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *