‘घरज्वाइँ’को छायाङ्कनका लागी दयाहाङ र मिरुना तकसेरामा


  • ‘घरज्वाइँ’को छायाङ्कनका लागी दयाहाङ र मिरुना तकसेरामा

    रुकुमकोट: चलचित्र ‘घरज्वाइँ’को छायाङ्कन रुकुम पूर्वको पर्यटकिय गाऊ तकसेरामा भैरहेको छ । शनिबारबाट रुकुम पूर्वको भूमे गाउँपालिका स्थित लुकुमबाट छायांकनको सुरुवात गरिएको चलचित्र ‘घरज्वाइँ’ को अधिकांश छायांकन रुकुमपुर्वका बिभिन्न ठाउँमा गरिने भएको छ ।

    छांयाकनको क्रममा पुगेको चलचित्रको टिमलाई गाउँपालिकाले स्थानीय परम्परा अनुसार स्वागत गरेको थियो । एक महिनाको सुटिङ निर्माण तालिका बनाएर सुटिङ सुरु गरिएको चलचित्रलाई तकसेराका अनिल बुढाले निर्देशन गरेका छन ।

    जीएम मुभी प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको छ भने बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ,भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगर लगायतको पनि अभिनय देख्न सकिन्छ । 



  • जनक घर्ती मगरको लगानी रहेको चलचित्रको प्रदर्शन मिति आगामी असार २८ गतेलाई तोकिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *