रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’


  • रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’

    काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

    स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।

    हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो ।



  • ‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ । अहिले पनि गृह नै पाउनु स्वभाविक हो,’ स्रोतले भन्यो, ‘यदि अरू दायाँबायाँ भएन र आजै नयाँ मन्त्रीमण्डल बन्यो भने सभापतिज्यू उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुहुनेछ ।’

    रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो ।

    रविले निकटस्थ नेताहरूलाई आफू सरकारमा जाने जानकारी गराएका छन् । पार्टीको अर्को बैठक आजै बसेर औपचारिक निर्णय लिने तयारी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *