देशभर एकैसाथ ‘रङ्गेली, उपहार र काँडेतार’ प्रदर्शनमा


  • देशभर एकैसाथ ‘रङ्गेली, उपहार र काँडेतार’ प्रदर्शनमा

    काठमाण्डौं : देशभर एकसाथ आज शुक्रबारबाट तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन। अर्जुन सुवेदीद्वारा निर्देशित चलचित्र ‘रङ्गेली’, ज्ञानेन्द्र देउजाद्वार निर्देशित चलचित्र ‘उपहार’ र नवल खड्काको निर्माण, निर्देशन रहेको चलचित्र ‘काडेतार’ एकसाथ प्रदर्शनमा आएका हुन ।

    ‘रङ्गेली’ – अर्जुन सुवेदीको डेब्यू निर्देशनमा तयार भएको चलचित्र रङ्गेलीमा ग्याङस्टारबिच हुने लडाइको कथालाई उठान गरिएको छ । सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ, जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा दयाहाङ राई ,मिरुना मगर र   अर्पण थापाको मुख्य भूमिका रहेको छ ।

    ‘उपहार’ – समसामयिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘उपहार’हो । यो चलचित्रमा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको छ। चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय छ ।



  • ‘काडेतार’ -नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र हो। यो चलचित्रमा नवल खड्काको साथमा गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको अभिनय छ ।

    तीन चलचित्र एकसाथ हलमा प्रदर्शनमा आउदा हल विभाजनमा पनि समस्या हुनुका साथै चलचित्र निर्माणपक्षले घाटा बेहोर्नुपर्ने समेक देखिन्छ ।हाम्रोसिनेमाबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *