तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


  • तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत पाएका छन् । 

    आज (बधुबार) भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो । मत दिन्नमा एक मत खसेको छ । मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो ।

    गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीको नयाँ



  • समीकरण बनेको थियो । त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

    यसअघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । यस्तै, २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएकामध्ये विश्वासको मतको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *