रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु


  • रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

    काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । 

    मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।



  • मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ । यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *