रास्वपाले गर्यो पाँच निर्णय


  • रास्वपाले गर्यो पाँच निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यतासमेत खारेज गर्न सकिने निर्णय गरेको छ ।

    आइतबार बसेको रास्वापाका ४ मन्त्री तथा उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालबीचको बैठकले विभिन्न पाँच वटा विषयमा गरेको निर्णय गरेको छ । जसमा अनुचित काम गर्नेको सदस्यता समेत खारेज गर्न सकिने उल्लेख छ ।

    रास्वपाका महामन्त्री ढकालका अनुसार अब प्रत्येक आइतबार रास्वका चारमन्त्री र तीन नेताबीच बैठक बस्नेछ । आजको बैठकको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिने निर्णय गरेको छ ।

    रास्वपाको पाँच निर्णय
    १. मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समीक्षा गरिएको छ।



  • २. राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ। यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समेवसीतालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइनेछ ।

    ३. मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ ।

    ४. मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय गरिएको छ ।

    ५. सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *