सप्तकोसी किनारबाट १६४ केजी गाँजा बरामद


  • सप्तकोसी किनारबाट १६४ केजी गाँजा बरामद

    काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ ।

    बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका -१ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो ।

    ५/ ६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ ।



  • रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाक्ष्एको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फाल्गुन १ गते देखि हालसम्म १ एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *