वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या


  • वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

    झापा । झापाको बाह्रदशीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी–१ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्षीया ममसरी राजवंशीको हत्या गरेको प्रहरीले जनाएको हो ।

    घटनापछि प्रहरीले खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएको बताइएको छ ।



  • श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *