नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न


  • नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न

    दर्शन सुनार/कतार : नेपाली महिला समाज कतारले ईफ्तार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली महिला समाज कतारको आयोजनामा ईस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा ईफ्तार कार्यक्रम शुक्रबार ग्रान्डमलमा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो ।

    विधिवत् उदघाटन सहित अघि बढेको कार्यक्रमको शुभारम्भमा मौलाना ईशहाक नदवीले कुरान वाचन गरेका थिए ।राष्ट्रिय मुस्लिम परिषद नेपालका अध्यक्ष तथा मौलाना कासिम रैयान अलियादी (चतुर्वेदी) ईस्लाम धर्मावलम्बीहरुको रोजा,व्रत उपवास तथा ईस्लाम धर्म र महत्त्वको बारेमा र प्रष्ट पारेका थिए ।

    कार्यक्रममा कतारमा स्थापित ईस्लामिक संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए वक्ताहरुले ईफ्तार कार्यक्रमले नेपाली समाज नेपाली समुदाय तथा हामी नेपाली दाजुभाईको माया स्नेह आत्मीयता र भाईचारा बढ्ने बताएका थिए ।



  • आफनो शुभकामना मन्तव्य बोल्दै प्रमुख अतिथी ढकालले सबै मानव धर्मको उद्धेश्य मानव कल्याण मानव हित रहेको बताउँदै नेपाल र नेपालीको लागी कतार र नेपाल अब बिकास को साझेदारको रुपमा लैजाने आफ्नो उद्देश्य रहेको बताए । उनले आफू अझै कतारमा दुई बर्ष रहे सम्म आगामी दुई बर्षमा कतारले नेपालका लागी गरेका योगदानहरु कतारबाट नेपालमा देखिने गरी कतारको सहयोग र आफ्नो साझेदार देशको रुपमा परिणत गर्ने आफ्नो ईच्छा रहेको र कतारमा रहेका नेपालीहरुको सहयोग भए अवस्य पूरा हुने बताए ।

    समाजका महासचिव मेनुका खतिवडा भन्डारी ले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै सभापति केसीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई साथै आमन्त्रित अतिथी गणहरुलाई धन्यवाद प्रकट गर्दै ईद उल फितरको शुभकामना समेत ब्यक्त गरिन ।

    नेपाली महिला समाज कतारकी उपाध्यक्ष सन्धया अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा कतारमा स्थापित ईस्लामिक संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि  मौलाना धर्म गुरुहरु लगायत थुप्रै आस्थावान तथा बर्तालुहरुको उपस्थित रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *