डढेलो निभाउने क्रममा डोल्पामा ४ सुरक्षाकर्मी गम्भीर घाइते


  • डढेलो निभाउने क्रममा डोल्पामा ४ सुरक्षाकर्मी गम्भीर घाइते

    काठमाडौं । डोल्पाको दुनही सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन् ।

    डढेलो निभाउन गएका सेनाका चारजना घाइते भएको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए । उनीहरू गम्भीर घाइते छन् ।



  • घाइतेहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको डीएसपी केसीले बताए । डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *