माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै


  • माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

    हुम्ला । हुम्लाका रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

    माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ। मन्त्रालय भने तोकिएको छैन।



  • यस्तै बुधबार बसेको माओवादी संसदीय दलको वैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए। मुख्यमन्त्री कँडेलले बिहिबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

    कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागेको छ। माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिने सहमति भएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *