नेपाली श्रमिक कल्याणकारी संघ कतारले मनायो १३५ औं अन्तर्राष्ट्रिय दिवस


  • नेपाली श्रमिक कल्याणकारी संघ कतारले मनायो १३५ औं अन्तर्राष्ट्रिय दिवस

    दर्शन सुनार/कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले १३५ औं अन्तर्राष्ट्रिय दिवस भव्य तरिकाले मनाएको छ। 'श्रमिकका लागि श्रमिक' भन्ने मुल नाराका साथ २०१९ मा कतारमा स्थापना भएको 'नेपाली श्रमिक कल्याणकारी संघ' कतारले शुक्रबार कतारको ग्राण्डमलमा रहेको लालिगुँरास रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो।

    नेपाली श्रमिक कल्याणकारी संघका अध्यक्ष नारायण खपाङ्गी मगरको सभापतित्व तथा श्रमिक कल्याणकारी संघका प्रमुख सल्लाहकार देब लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लेबर मिनिष्ट्रिका सलिम एल मोहन्दी, बिड्ब्लु आईका मार्को पोलो,फिलिपिन्स कम्युनिटीका प्रतिनिधि,बङलादेश कम्युनिटीका प्रतिनिधि सहित अन्य ब्यक्तित्वहरुको बाक्लो उपस्तिथि रहेको थियो ।



  • ब्यानर अनावरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो। लेबर मिनिष्ट्रिका सलिम एल मोहन्दीले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रशिक्षक सन्दिप सहनी,सुदिप बस्नेत,अभिनन्दन शाक्य,बिमल सुवेदीले साईबर सेक्युरिटी,स्वास्थ तथा सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम तथा श्रमिकको हक,हित र अधिकारको बारेमा आधारभूत प्रशिक्षण गराएका थिए ।

    शुभकामना मन्तव्यमा बोल्दै प्रमुख अतिथि
    लम्सालले कतारमा रहेका नेपालीहरुलाई नेपाली श्रमिक कल्याणकारी संघले आयोजना गर्दै आएको श्रमिकका हक र हितका लागि सचेतनामुलक कार्यक्रम,हेल्थ एन्ड सेफ्टी अवेर्नेस जस्ता कार्यक्रममा सरिक भएर लाभ लिन सबैलाई आग्रह गरेका थिए । संघले आयोजना गरेको विभिन्न कार्यक्रममा कलाकारिता माध्यमबाट सहयोग पुर्‍याउदै आएका कलाकारहरुलाई समेत संघले सम्मान गरेको थियो ।

    कार्यक्रममा प्रशिक्षकहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियोे प्रशिक्षकहरुले सुरक्षा सम्बन्धी,श्रमिकको हक,हित सम्बन्धि अति आवश्यक पर्ने केही प्रश्र उपस्तिथिहरुलाई सोधिएको थियो । सहि जवाफ दिने विभिन्न ४ जनालाई पुरुस्कार समेत प्रदान गरिएको थियो । ब्यानरमा तोकिएको समयलाई मध्य नजर गर्दै कार्यक्रमको सभाहलमा निर्धारित समयमा पहिलो उपस्थित जनाएका गुल्मीका घनश्याम कार्कीलाई संघले पुरुस्कार समेत प्रदान गरेको थियो ।

    संघका प्रथम उपाध्यक्ष गङ्गा श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव सुरत शाहीले गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति खपाङ्गी मगरले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै संघले सदैब श्रमिकका हक र हितका लागी काम गर्ने बिश्वास व्यक्त गर्दै श्रमिक दिवसको शुभकामना समेत दिएका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *