धनकुटा सेवा समाज कतारको आठौं अधिवेशनबाट अध्यक्षमा मगर निर्वाचित


  • धनकुटा सेवा समाज कतारको आठौं अधिवेशनबाट अध्यक्षमा मगर निर्वाचित
  • दर्शन सुनार/कतार : धनकुटा सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न भएको छ।'धनकुटा सेवा समाजको चाहाना,शुद्ध सामाजिक भावना' भन्ने मुल नाराका साथ
    धनकुटा सेवा समाज कतारले आठौं अधिवेशन भब्य रुपमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।

    सनैयामा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा धनकुटा सेवा समाज कतारका अध्यक्ष डिल्ली सुवेदीको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा
    खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न सभाबाट आगामी कार्यकालका लागी अध्यक्षमा तिल बिक्रम मगर निर्विरोध निर्वाचित भएका छन्।

    प्रथम उपाध्यक्षमा रबिन मगर,महासचिवमा योगेन्द्र बराल,कोषाध्यक्षमा देव सुन्दास,
    सह कोषाध्यक्षमा किशोर बस्नेत निर्वाचित भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा तिलक माया मगर,कमल दहाल,सन्दीप दर्लामी मगर ,नेत्र प्रसाद कोइराला र लक्ष्मी क्षेत्री ( महिला सदस्य) मा रहेका छन । अन्य पद रिक्त रहेका समाजको पहिलो बैठकले सक्रियताको आधारमा मनोनीत गरेर कार्यसमिति पुर्णता दिने समाजले बताएको छ ।

    विधिवत उद्धघांटन सहित व्यानर अनावरण, दिप प्रज्वलन गरी उद्घघांटन गरिएको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष रबिन मगरले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रममा सारुख सुन्दासले आफ्नो प्रस्तुति राखेका थिए । समाजको दुई बर्षे कार्यप्रगती विवरण कार्यवाहक महासचिव देव सुन्दासले पेश् गरेका थिए ।



  • समाजले आयोजना गरेका हरेक कार्यमा सहयोग गर्ने सहयोगी दाता तथा कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो । सामाजिक कार्यमा अत्यन्तै कृयाशिल रही संघमा समेत सकृय रहेका समाजका दित्तिय उपाध्यक्ष सन्तोष सिवालाई समाजले दोसल्ला ओढाएर कदर पत्रद्धारा सम्मान गरेको थियो ।

    प्रमुख अतिथी भट्टले नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई व्यक्त गर्दै
    सामाजिक कार्यमा समाज अग्रणी रहेको र  समाजले कतार तथा गृह जिल्लामा गरेका विभिन्न सामाजिक, कार्यहरु उदाहरणिय र उल्लेखनीय रहेको बताउदै समाज रुपान्तरणमा गैर आवासिय नेपाली संघ सगं जोडीएर काम गर्न आग्रह समेत गरे।

    समाजले आठौं अधिवेशनको अवसर पारेर गैर आवासिय नेपाली संघको विभिन्न पदमा निर्वाचित भएका समाजका प्रथम उपाध्यक्ष रबिन मगर र धनकुटा बचत कोषका सदस्य विवेक पुलामी मगरलाई सम्मान पत्र सहित सम्मान गरेको थियो ।सभापती सुवेदीले खुल्ला सत्रको समापन गर्दै आफ्नो कार्यकाल सफल बनाउन आर्थिक, नैतिक भौतिक साथ सहयोग गर्ने सम्पुर्णलाई आभार  प्रकट गर्दै सभाहलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको समापन गरे ।

    समाजका सचिवालय सदस्य तिल बिक्रम मगर र  योगेन्द्र बरालले मिलेर कार्यक्रमको सहजीकरण गरेका थिए । समाजले आयोजना गरेका हरेक कार्यमा सहयोग गर्ने सहयोगी दाता तथा कलाकारहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।

    सामाजिक कार्यमा अत्यन्तै कृयाशिल रही संघमा समेत सकृय रहेका समाजका दित्तिय उपाध्यक्ष सन्तोष सिवालाई समाजले दोसल्ला ओढाएर कदर पत्रद्धारा सम्मान गरेको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सगैं कतारमा रहेका धनकुटेलीहरुको बाक्लो उपस्थिति रहेको थियो।धनकुटा सेवा समाज कतारमा स्थापित एक सामाजिक संस्था हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *