नवलपरासी सेवा समाज कतारद्धारा गृह जिल्लामा एक लाखको अक्षयकोष स्थापना


  • नवलपरासी सेवा समाज कतारद्धारा गृह जिल्लामा एक लाखको अक्षयकोष स्थापना
  • दर्शन सुनार/कतार : "आपसी सहयोग सद्भाव र एकता,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता" मुल नाराका साथ २०१८ मा कतारमा स्थापना भएको  नवलपरासी सेवा समाज कतारले गृह
    जिल्लाको सरावल गाउँ पालिका वडा नम्बर ३ पिपरामा अबस्थित श्री बालपुरी आधरभूत बिद्यालयमा नेपाली एक लाख (अक्षरुपी) को  अक्षयकोष स्थापना गरेको छ ।

    समाजका निवर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कृष्ण पन्थीको अध्यक्षतामा ९ फेब्रुअरी २०२४ मा बसेको बैठकद्वारा गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री एवं पोशाक बितरण गरी पठन पाठनमा हौसला दिने उद्देश्यले अक्षयकोष स्थापना गर्ने भनी निर्णय गरिएको थियो । उक्त निर्णयलाई पारित गर्दै समाजका अध्यक्ष दुर्गा हमालको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले कार्यन्वयन गर्दै २७ मे २०२४ का दिन अभिभावक तथा समन्वयकर्ता श्री राम प्रसाद पन्थी  र हाल नेपालमा रहनु भएका संस्थाको सह कोषाध्यक्ष श्री कृष्ण बहादुर घिमिरे क्षेत्रीले श्री बालपुरी आधारभुत बिधालयका  प्रधानाध्यापक श्री सुरेन्द्र कुमार चौधरी र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री बसिर मुसलमान र  ब्यबस्थापन समितीका सदस्यहरु एवं बिधालयका शिक्षक शिक्षिकाहरुको माझ एक लाख रुपैयाको चेक हस्तान्तरण तथा दुई पक्ष बीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।



  • उक्त बिधालय चरम आर्थिक अभावमा संचालन भईरहेको अवस्थामा नवलपरासी सेवा समाज कतारले गरेको सहयोग प्रति आफु हृदयदेखि प्रफुल्लित भएको भन्दै बिधालयका प्रधानध्यापक सुरेन्द्र कुमार चौधरीले धन्यवाद व्यक्त गरेका थिए । उक्त कोषबाट प्राप्त हुने व्याज रकमबाट विद्यालयमा गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने र आगामी दिनमा कोषको रकमलाई वृद्धि गरिने समाजका अध्यक्ष दुर्गा हमालले बताएका छन ।

    समाजले २०२१ को डिसेम्बरमा नवलपरासी जिल्लाको दिपक मावी सुस्तामा, भगवती मावी सुनवलमा, राष्ट्रिय मावि बर्दघाटमा र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा एक एक लाखको अक्षय स्थापना समेत गरेको थियो। श्री बालपुरी आधरभूत बिद्यालयमा यो पवित्र कार्यमा अतुलनीय साथ सहयोग गर्नुहुने  श्री राम प्रसाद पन्थीलाई नवलपरासी सेवा समाज कतार परिवारले आफ्नो संस्थागत फेसबुक वाल बाट धन्यवाद प्रकट समेत गरेको छ ।नवलपरासी सेवा समाज कतार तथा गृह जिल्ला नवलपरासीमा विभिन्न सामाजिक काममा सक्रिय रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *