‘कुलमान नै चाहिन्छ’ भन्दै माइतिघरमा युवाहरुले गरे प्रदर्शन


  • 'कुलमान नै चाहिन्छ' भन्दै माइतिघरमा युवाहरुले गरे प्रदर्शन

    काठमाडौं - विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग राख्दै माइतिघरमा युवाहरुले दिप प्रज्वलन गरेका छन् ।
    आज साझँ माइतिघरमा युवाहरुले 'कुलमान नै चाहिन्छ' भन्दै दिप प्रज्वलन र प्रदर्शन गरेका हुन् । सोमबार घिसिङको पहिलो कार्यकाल सकिए पनि पुनः नियुक्तीको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती गर्दैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *