बन्दाबन्दीमा पनि मानव बेचविखनका उजुरी



  • नेपालगन्ज १, असोज । लकडाउन तथा सीमानाका बन्द भएकै बेला बाँकेमा मानव बेचविखन तथा ओसारपपोसार बढेको देखिएको छ । लकडाउनको अवधिमा मात्रै १७ युवतीका परिवारले खोजतलासका लागि यहाँ स्थित माइती नेपालमा निवेदन दिएका छन् । सवारीसाधन नचलेको र एकबाट अर्को जिल्लामा आउजाउ सहज नहुँदा पनि किशोरी तथा युवतीहरूलाई राम्रो काम लगाइदिने बहानामा लैजाने गरिएको भेटिएको माइती नेपालका बाँके संयोजक केशव कोइराला बताउँदै आएका छन् । विगतमा जसरी भारत तथा तेस्रो मुलुक पु¥याउन नसके पनि दलालले किशोरीलाई आन्तरिक रूपमा बेचबिखनको चपेटामा पारेको कोइराला बताउँछन् ।‘किशोरी–बालिकाको स्कुल छैन, सबै बेरोजगार छन्,’ उनले भने, ‘कोरोनाको बन्दाबन्दीमा आन्तरिक बेचबिखनको खतरा बढाएको छ ।’ बन्दाबन्दीले बेरोजगारी बढाएकाले युवतीहरूलाई प्रलोभनमा पार्न दलाललाई सजिलो भएको देखिएको छ ।०७६ चैतदेखि ०७७ भदौसम्म नेपालगन्ज नाका हुँदै ५ सय ८५ जना हराएको निवेदन माइती नेपालमा परेको थियो । तीमध्ये २ सय ८० जना फेला परेका छन् ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *