अब हप्ता दुई दिन सार्वजनिक बिदा दिने तयारी, मन्त्रिपरिषद्‌मा प्रस्ताव लगिँदै


  • अब हप्ता दुई दिन सार्वजनिक बिदा दिने तयारी, मन्त्रिपरिषद्‌मा प्रस्ताव लगिँदै
  • काठमाडौं । सरकारले अब हप्तामा दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने तयारी गरिएको हो । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने तयारी गरेको छ ।
    बिहीबार मन्त्रालयमा पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको हो । हाल शनिबार एक दिन सार्वजनिक बिदा दिँदै आएको छ । तर, एक दिनको बिदाले घुमघाममा समय नपुग्ने र अन्तर्राष्ट्रिय प्रचलनअनुसार दुई दिन सार्वजनिक बिदा दिने तयारीमा मन्त्रालय जुटेको हो । दुई दिन सार्वजनिक बिदा दिनुपर्ने माग पहिल्यैदेखि नै उठ्दै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *