कोरोना संक्रमणबाट कोहलपुरका ३८ बर्षीय युवकको मृत्यु


  • तस्विरः फाइल
  • नेपालगन्ज २४, असोज । कोरोना भाइर संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ बर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो । रेमडिसिभिर, प्याज्मा थेरापीलगायतका विधिबाट उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मेडिकल कलेजरले शुक्रबार राती ९ बजे उनलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरेको थियो । स्वास्थ्य अवस्था गम्भीर ती पुरुषको उपचार व्यवस्थापन गर्दागर्दै मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । राती १० बजे अस्पताल पुगेका उनको ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *