साउथ फिल्मका सुपरस्टार महेशको पारिश्रमिक दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै


  • साउथ फिल्मका सुपरस्टार महेशको पारिश्रमिक  दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै

    काठमाण्डौ । साउथ इण्डियन फिल्मका सुपरस्टार महेश बाबूका प्रशंसकहरूको संख्या विशाल छ । प्रशंसकको ठूलो जमातकै कारण उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि २० देखि २२ करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् । उनी अभिनीत प्रायः फिल्मले बक्सअफिसमा शानदार व्यापार गरेका छन् । उनको अभिनयले सधैं दर्शकमा गहिरो प्रभाव पैदा गर्ने गर्दछ । महेश बाबू तेलुगूसँगै भारतमा पनि निकै लोकप्रिय छन् । उनी अभिनीत फिल्महरु हिन्दीमा डब भएर युट्युबमा प्रदर्शन हुने गरेका छन् । नेपालमा पनि उनको लोभलाग्दो क्रेज छ । हिन्दी डब भएका उनका फिल्म नेपाली दर्शकले निकै रुचाएका छन् । उनको लुक्स, अभिनय, स्टाइल र एक्सनलाई दर्शकले औधि मन पराउने गर्दछन् । सन १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको फिल्म ‘ओकाडू’ बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाह गरेका थिए । यो फिल्मको सफलतापछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । उनी १५० करोडभन्दा बढी सम्पत्ति मालिक हुन् । साउथ सुपरस्टार रजनीकान्तका समेत मनपर्ने अभिनेता हुन्, महेश बाबू । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘म आफूलाई कहिल्यै पनि सुपरस्टार मान्दिनँ । मेरो नजरमा अहिले एक मात्र सुपरस्टार छन् र उनी हुन् महेश बाबू । किनकि, मलाई उहाँले गर्नुभएको कार्यप्रति गर्व महशुस हुन्छ ।’ उनले आफूलाई महेश बाबूसँग फिल्ममा काम गर्ने इच्छा रहेको पनि बताएका छन् । फिल्मिखवर

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *