हाम्रो टिम नेपालद्वारा खुलामञ्‍चमा सर्वसाधारणलाई टीका र खाना


  • हाम्रो टिम नेपालद्वारा खुलामञ्‍चमा सर्वसाधारणलाई टीका र खाना
  • काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुलामञ्‍चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो । टिमले खुलामञ्‍चलगायत उपत्यकाका विभिन्‍न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको छ । लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टिमले दसैँको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर दसैँ सम्झाइदिएको सर्वसाधारणले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टिमलगायत संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाइ छ । हाम्रो टिमका संस्थापक अध्यक्ष विमल पन्तले दसैँका बेला घरमा गएर आमाबुबाको हातको आशीर्वादभन्दा पनि सात महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए । कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए । आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षहरु जस्तो हर्सोल्लास छैन । विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ । उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *