नेपालमा एकैदिन २२ सय ६ जना जनाले जिते कोरोना


  • नेपालमा एकैदिन २२ सय ६ जना जनाले जिते कोरोना
  • काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
    शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २२ सय ६ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ५५ हजार ११४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ जना पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *