कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ


  • कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ
  • कञ्चनपुर - कञ्चनपुरमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्ट रहेका छन् । उनीहरुलाई शनिवार बिहान प्रहरीले १ थान पेस्तोल र म्याग्जीन सहित पक्राउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा बुधबार सात आठ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएका थिए । सोही अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई हतियार सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको से।६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल पनि बरामद गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *