अक्षय सहित बलिउडका ६ चलचित्रकर्मी विश्वको प्रभावशाली व्यावसायीक लिडरको सुचीमा


  • अक्षय सहित बलिउडका ६ चलचित्रकर्मी विश्वको प्रभावशाली व्यावसायीक लिडरको सुचीमा
  • मुम्बई । भेराइटी प्रकाशनले विश्वव्यापी मिडिया उद्योगलाई आकार दिइरहेका विश्वका ५०० सबैभन्दा प्रभावशाली व्यावसायी लिडरहरहरुको सूची सार्वजनिक गरेको छ । भेराइटीको यस सूचीभित्र भारतबाट अक्षय कुमार, आमिर खान, एकता कपुर, रोनी स्क्रुवाला, सिद्धार्थ रोय कपुर र वितरक किशोर लुल्ला पर्न सफल भएका छन् ।
      अक्षय नाम सार्वजनिक गर्दै भेराइटीले यसो लेखेको छ, “४८.५ मिलियन डलर कमाईका साथ उनी २०२० मा सबैभन्दा बढि पारिश्रमिक पाएका अभिनेताको छैठौंमा पर्न सफल भए । उनले दैनिक ८ घण्टाभन्दा धेरैबेर काम गर्ने आफ्नो पुरानो नियम तोड्दै लकडाउनमा स्कटल्यान्डमा बेलबटम चलचित्रको छायांकन गरे ।” अभिनेता, निर्देशक तथा निर्माता आमिरको बारेमा भेराइटी लेख्छ, “२०१६को भारतीय रिलिज दंगलले अप्रत्याशित रुपमा १९० मिलियन डलरको कमाई गर्दै भारतको अहिलेसम्मकै उच्च ग्रस कलेक्सनको सूचीमा आएको थियो । २०१८ मा रिलिज भएको उनकै चलचित्र ठग्स अफ हिन्दुस्ता असफल रह्यो । तर पनि उनको नामकै कारण ३२ मिलियन डलरमा बनेको चलचित्रले चाइनाको ९ मिलियन डलर सहित ५४ मिलियन ग्रस कलेक्सन गर्यो ।” यस्तै निर्माता एकता कपुर, रोनी स्क्रुवाला, सिद्धार्थ रोय कपुर वर्षौदेखि रचनात्मक विषयमा काम गरिरहेका छन् । निर्माता एकतालाई भारतीय टेलिभिजनकी एक लिडिंग पावरहाउसको रुपमा पनि चिनिन्छ । भने स्कु्रवाला र रोय कपुर भारतका दुई टप निर्माताहरुमा गनिन्छन् । बलिउड हंगामा  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *